सरकारविरुद्ध एकताबद्ध भएर लड्न देउवाको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्न संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

सभापति देउवाले सरकारले प्रहरी, सेना, न्यायालयसहित कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका नेता, कार्यकर्तालाई संगठित हुन निर्देशन दिएका हुन्।

पार्टी निकट कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिन सचेत रहनुपर्ने आवश्यकता पनि औंल्याए।

सभापति देउवाले कर्मचारीतन्त्रलाई हस्तक्षेपमुक्त बनाउने पार्टीको नीति रहेको पनि दाबी गरे।

कांग्रेस सभापति देउवाले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दाबी पनि गरे।

प्रमुख प्रतिपक्षको रूपमा नेपाली कांग्रेसको भूमिका कमजोर देखिएको भन्दै आलोचना भइरहेका बेला सभापति देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले अवकाश प्राप्त पार्टी निकट कर्मचारीहरूलाई पार्टीले उचित स्थान दिने आश्वासन पनि दिए।

Source:Setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *