१८ बर्षपछि रिमेक भयो चर्चित गीत ‘चुलेसीमा’ (भिडियो)

काठमाडौं – गायक, संगीतकार, एरेन्जर तथा गीतकार सुनिल वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले एक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

सञ्जीव सिहंको आवाजमा रहेको ‘किन राख्यौ चोखो मुटु तीखो चुलेसीमा’ बोलको चर्चित गीतको म्युजिक भिडियो सुनोदले निर्देशन गरेका हुन् । निकै चर्चित यस गीतलाई सञ्जीव सिंहले रिमेक गरेका हुन् । प्रकट पंगेनीको शब्द रहेको यस गीत सुनिल वर्देवाले कम्पोज गरेका हुन् ।

सुनोदले निर्देशन गरेको भिडियोमा उनी आफैले अभिनय समेत गरेका छन् । अष्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको भिडियोमा एन्जि मुल्मी श्रेष्ठसँग सुनोदलाई देख्न सकिन्छ ।

‘गीत आएको १८ वर्षपछि भिडियो रिमेक गरिएको हो ।’ निर्देशक सुनोदले रातोपाटीसँग भने, ‘यसको उद्धेश्य आदरणीय सुनिल दाईको सम्झना हो ।’ भिडियोको सुरुमा सुनिल वर्देवाको सम्झनामा ”In loving memory of late Sunil Bardewa Dai – “We miss you” लेखिएको छ ।

गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको २०७३ भदौ २८ गते निधन भएको थियो । काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनले गाएको गोरेटो अनि उस्तै छ गल्ली बोलको गीत निकै चर्चित छ ।

सुनोदले यसअघि विर्सन सक्दिन, सात समुन्द्र पारी लगायत अन्य केही गीतहरुको भिडियो रिमेक गरिसकेका छन् ।

Source:Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *