विकासलाई दिइन् बर्षाले धोक

काठमाडौं – गायक रुपक डोटलको नयाँ गीत ‘फर्कि आउँछौ’ को भिडियो रिलिज भएको छ । हालै इन्टरनेटमा रिलिज गीतमा अकेला आँशुको शब्द –संगीत रहेको छ । गीतमा अभिनेत्री बर्षा शिवाकोटी र मोडल विकास लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् ।

गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ । सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ । अनिल के.मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

Source:Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *