दीपिकासँग रोमान्स गर्न नवलपरासी पुगे दिपक

काठमाडौंं – चलचित्र ‘छक्का पन्जा ३’ युनिट यतिबेला नवलपरासी पुगेको छ । चलचित्रको ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ गीत छायाँकनका लागि युनिट नवलपरासी पुगेको हो ।

दीपिका प्रसाई, केदार घिमिरे, जीतु नेपाल, बुद्धि तामाङ, दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला सहितको टोली नवलपरासी पुगेको हो । नवलपरासीमा रहेको सीजी गु्रपको परिसरमा अहिले गीतको छायाँकन भइरहेको छ ।

सीजी ग्रुपको आकर्षक लोकेसनमा चलचित्रको गीतको छायाँकन भैरहेको निर्देशक दीपाश्री निरौलाले बताइन् । गीतमा अर्जुन पोखरेलको संगीत र कबिराज गहतराजको कोरियोग्राफी रहनेछ । दशैंमा रिलिज हुने यो चलचित्र दिपक र दीपासहितको टिमले नै निर्माण गरेको हो ।

चलचित्रको पहिलो गीत ‘पहिलो नम्बरमा’ ले चर्चा पाइरहेको समयमा यो गीत आएपछि यसले पनि दर्शकको मन जित्ने निर्देशक दीपाको भनाई रहेको छ ।

Source:Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *