मध्यपहाडी लोकमार्गमा भएको जीप दुर्घटनामा ५ जना घाइते

बागलुङ । सदरमुकाम बागलुङबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु१ज ९२३ नम्बरको जिप मध्य पहाडी लोकमार्ग अन्र्तगत बडिगाड गाउँपालिका–२ सक्न्यारको फेंदीमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये गुल्मी जिल्ला मालिका गाउँपालिका–२ का ५० वर्षीयका गंगाबहादुर थापा, रुकुम जिल्ला उत्तरगंगा गाउँपाकिला–९ का ३० वर्षीय विवेचन बुढा मगर, बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–१ कि ३२ वर्षीय ब्रहमकुमारी प्रतिमा, गाडी चालक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–४ का २० वर्षीय अर्जुन तामाङलाई बडिगाड पोलिक्लिकिकमा प्राथमिक उपचारपछि अञ्चल अस्पताल बागलुङ पठाइएको प्रहरी नायब निरीक्षक लालबहादुर चौधरीले जानकारी दिए ।

घटनामा सामान्य घाइते भएका बडिगाड गाउँपालिका–८ को गौरव श्रीसको अवस्था सामान्य रहेको प्रनानि चौधरीले जानकारी दिए । जिप सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी चौकी खर्वाङले जनाएको छ ।

Source:Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *